newskoseli.Com

वैदेशिक रोजगारीबाट फर्केकालार्इ सस्तो ब्याजको निकै ठूलो कर्जा

वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँका आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई सरकारले प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

विदेशमा काम गरेर कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थालेपछि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो ।

विदेशबाट फर्किएका युवाका लागि हाल नेपालमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा कार्यक्रम सुरू गरेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर