newskoseli.Com

रातारात किन हटाइए भृकुटीमण्डपका पसल ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै गएको सोमबार पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

विषेश अदालतमा दायर भएको उक्त मुद्दामा उनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा रकम हिनामिना गरेको दाबी गरिएको छ । त्यसको भोलिपल्टै प्रदर्शनी हलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेका १५ वटा पसल रातारात बन्द गराइएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर