newskoseli.Com

असई बनाइदिन्छु भन्दै ५ लाखको ‘डिल’, ७० हजारमै कर्‍याप्प

नेपाल प्रहरीको असर्इ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली– २ का नवराज भण्डारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असर्इ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साहसँग भण्डारीले २ महिनाअघि ७० हजार रुपैयाँ घुस लिएका थिए, जुन ‘एडभान्स’ बापतको रकम थियो । असर्इमा नाम निस्केपछि ४ लाख ३० हजार रुपैयाँ लिन–दिन दुई पक्षबीच सहमति थियो । उनीहरुबीच ५ लाख रुपैयाँको ‘डिल’ भएको प्रहरीले जनाएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर