newskoseli.Com

‘सेल’ मा किनेको औंठीले यसरी बनायो करोडपति !

३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यतिबेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन ।

वास्तवमा डेब्रा नामकी ती महिलाले एक ‘सेल’ बाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् । तर, आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन्, त्यतिबेला थाहा भयो– त्यो २६ दशमलव २७ क्यारेट हीराको औंठी रहेछ । लिलाममा त्यसको मूल्य ६ लाख ५६ हजार ७ सय ५० पाउन्डसम्म पुग्यो ।

डेब्राकी आमासँग एक ठगले पैसा खाएका थिए, त्यसपछि उनी पैसा आवश्यक भएर औंठी बेच्न गएकी थिइन् । उनले भनिन्– ‘यो औंठी केही डलरमा बिक्री होला र मेरो काम चल्नेछ भन्ने मलाई लागको थियो । गहना पासलेले अत्यन्त आश्चर्य मानी सोधे– थाहा छ, यो के हो ? यो हीरा हो । म यति खुशी भएँ कि मलाई थाहा छैन त्यसलाई कसरी व्यक्त गरुँ ।’

औंठीको मूल्य थाहा भएपछि डेब्राले त्यसलाई लिलाम गर्ने निर्णय गरिन् । लिलामको मूल्य र कर तिरेपछि डेब्राले करिव ६० लाख डलर प्राप्त गरेकी थिइन् । उनी आफ्नो घरमा करिव २० बच्चाको रेखदेख पनि गर्छिन् । उनले भनिन्– ‘यो हाम्रो राम्रो कामको फल हो ।’

आश्चर्यलाग्दो एउटा घटनासम्बन्धी यो खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर