newskoseli.Com

औषधि प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा सावधान रहनोस् !

सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा–खोकीलगायतका कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन् ।

डाक्टरको सल्लाहबिना खाइएका औषधिले ‘साइड–इफेक्ट’ समेत गर्ने भएकाले सचेत हुनु आवश्यक छ । औषधि प्रयोग गर्दा यी सावधानी अपनाऔं–

  • सधैं डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौं, त्यो सही मात्रा र सही समयमा खाने गरौं ।
  • कतिपय औषधि ‘उस्तै–उस्तै त हो नि’ भनेर खाने चलन छ; त्यसो नगरौं, जसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।
  • खोकी लाग्नु, टाउको दुख्नु आदि समस्या कयौं रोगका साझा लक्षण भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौं, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ ।
  • ‘पेनकिलर’ को अनावश्यक प्रयोग गर्नु हुँदैन; यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निनेजस्ता समस्या हुन सक्छन् ।
  • निश्चित रोगका लागि लिएको औषधि घटी–बढी भएमा त्यसले नकारात्मक असर पार्न सक्छ त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔं ।

औषधि प्रयोगमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यो सामग्री मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर