मानवतस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानवतस्करीको ‘ट्रान्जिट’ बनाएको तथ्य फेला परेको छ ।
इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तानबुलबाट उनीहरुले विश्वभर मानवतस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनमा उनीहरुले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
उनीहरुकाले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् । उनीहरुकै सेटिङमा इरानीहरु जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो । सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानीलाई गृह मन्त्रालयले निष्काशन गरेको थियो । ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए ।
जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीहरुको संख्या बढिरहेको खबर शम्भु कट्टेलको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।