newskoseli.Com

चीन–रूसबीचको सम्बन्धलार्इ ‘थप घनिष्ठ’ बनाइने

चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्‍याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् ।

हुईले मङ्गलबार पिपल्स डेलीमा आफ्नो बाइलाइनमा लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष मनाइँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने उल्लेख गरेका छन् । उत्सवका विभिन्न श्रृंखलाबद्ध कार्यक्रम आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले सो लेखमा लेखेका छन् ।

दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्त्वपूर्ण सहमतिलाई मनन् गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ तथा युरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने र दुई देश तथा त्यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिबद्ध रहेको लीले उल्लेख गरेका छन् ।

दुई मुलुकले हातमा हात मिलाएर सम्बन्धलाई पुनर्जीवन दिनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ नमूना विकास गर्नुपर्ने उनको जोड छ । सन् २०१८ लाई द्विपक्षीय सम्बन्ध विकासको वर्षका रूपमा मनाइएको र सहकार्यबाट दुई देशको व्यापारमा सन् २०१७ को तुलनामा २७ प्रतिशतको वृद्धि आएको राजदूत लीले उल्लेख गरेका छन् । सन् २०१८ मा चीन र अमेरिकाबीच १ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको व्यापारिक कारोबार भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर