newskoseli.Com

डिप्रेसनबाट पीडित हुनुहुन्छ ? लौ यसरी बच्नोस्…

अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ ।

तनावको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । डिप्रेसनबाट बच्नका लागि समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।

डिप्रेसनबाट बच्नका निम्न उपायहरु अपनाउनोस्–

– दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याबारे चिन्ता लिएर बस्नुभन्दा समाधानका उपाय खोज्ने गर्नुपर्छ ।

– लामो समयसम्म एउटै काम गरिहनु हुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले ‘फ्रेस’ भइन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।

– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

– मनोरोगलाई भयानक रूपमा लिनुहुँदैन । यदि, मानसिक समस्या भएको संकेत पाएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

सबैका निम्ति लाभप्रद टिप्ससहितको यो सामग्री बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर