भविष्यमा सम्भावित ‘साइबर युद्ध’ को तयारीका लागि रुस इन्टरेनटबाट अस्थायी रुपमा बाहिरिने भएको छ ।
अप्रिल अगावै यसको परीक्षण सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारणलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै सीमित गरिनेछ ।
गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछि रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवश्यक प्राविधिक परिवर्तनका लागि सरकारलाई अधिकार प्रदान गरेको छ ।
मस्यौदा कानुनलाई संशोधन गर्न अप्रिल १ सम्मको समयसीमा दिइएको छ । यो मस्यौदालाई ‘डिजिटल इकोनोमी नेसनल प्रोग्राम’ नाम दिइएको छ । तर, परीक्षणको समय अझै तय हुन बाँकी नै रहेको डेली मेलले बताएको खबर बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।