newskoseli.Com

गुणकारी ‘वीरे नुन’ : के–के छन् यसका फाइदा ?

हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले यसलाई प्रशोधन गरिन्छ ।

प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकारजन्य पदार्थ बाँकी नै रहन्छन्, जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक वीरे नुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर वीरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न खाले स्वास्थ्य समस्यालाई समेत नियन्त्रण गर्ने काम गर्छ ।

यस्ता छन् वीरे नुनका फाइदाहरु–

– यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । वीरे नुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक वीरे नुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई ‘टेबल साल्ट’ का रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

– मन तातो पानीमा प्राकृतिक वीरे नुन मिसाएर नुहाएमा शरीरमा लाभ मिल्छ ।

– दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा वीरे नुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त दिन्छ ।

– दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर वीरे नुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहत महसुस हुन्छ ।

– वीरे नुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले यो उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।

– वीरे नुनले पेटमा भएका विषाक्त तत्त्वलाई बाहिर निकाल्ने काम गर्छ, जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायतका समस्याबाट छुटकारा मिल्छ । यसरी वीरे नुनले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ । खाना पचाउनमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ ।

– वीरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन्, जसले मोटोपन, खराब कोलस्ट्रोल, श्वास–प्रश्वाससम्बन्धी समस्या आदिबाट बचाउने काम गर्छ । यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता – एनिमिया), रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्न भूमिका खेल्छ ।

– यसले धातुबाट हुने असरबाट समेत बचाउँछ । छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

गुणकारी वीरे नुनका फाइदा र प्रयोगसम्बन्धी जानकारी बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर