newskoseli.Com

टर्दै स्ववियु निर्वाचन, दलका नेता नै नकारात्मक

यस वर्ष हुने भनिएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियत (स्ववियु) को चुनावको सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन ।

दलका नेता र विद्यार्थी संगठन समेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन । ठूला विद्यार्थी संगठनको औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।

त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ । विद्यार्थी कल्याण निर्देशनालयबाट शिक्षाध्यक्ष सहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिले नाम सिफारिस भएको खबर भवानीश्वर गौतमको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर