newskoseli.Com

नेविसंघको ४८ वर्षे इतिहास : जम्मा ११ महाधिवेशन, १८ सभापति…

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीका नेता उत्पादनको ‘नर्सरी’ मानिन्छ ।

कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी नै भएको प्रस्ट्याउँछ ।

पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ मा नेविसंघको स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् । जसमा ६ निर्वाचित, ५ सर्वसम्मत र ७ सभापति तदर्थ समितिका रुपमा छानिएका छन् ।

१८ सभापतिमध्ये १ मात्र सभापतिले समयमै अर्थात् निर्वाचित भएको दुईवर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरेका छन् । पार्टी फुट्नुअघि ०५७ मा आठौं महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले ०५९ मा नवौं महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरे ।

तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा महाधिवेशन गर्न सकेनन् । बरु, प्रभावशाली नेता उत्पादन गरेको, पार्टी गणतन्त्रमा जान खुट्टा कमाउँदै गर्दा गणतन्त्रको बिगुल फुकिसकेको, शैक्षिक मुद्दा उठाउने र जनजीविकाका विषय उठाउने नेविसंघ नेताहरूको गुटगत राजनीतिको सिकार बन्दै आएको छ ।

निर्वाचित सभापतिले महाधिवेशन गर्न नसक्ने तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त भएको देखाएको खबर रमेश सापकोटाको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर