newskoseli.Com

महाभियोगबाट बच्न घुस्याहा आयुक्त पाठकले दिए राजीनामा

नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै र अरू विभिन्न स्थान, सन्दर्भ र व्यवहारमा घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।

घुस लिएको प्रमाणसहितको समाचार सञ्चार माध्यमबाट सार्वजनिक भएपछि सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् ।

पाठकले सुरुमा अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामापत्र बोकेर राष्ट्रपति कार्यालय पुगेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर