newskoseli.Com

आफैं अघि सरे ओली–दाहाल : तल्ला तह र जनसंगठनको एकता…

पार्टीका तल्ला तह र जनवर्गीय संगठनको एकता प्रक्रियाबारे प्रस्ताव तयार पार्न सत्ताधारी नेकपाका दुई अध्यक्ष नै अघि सरेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ मा एकता भए पनि तल्ला तह र जनवर्गीय संगठनको एकता अझै टुंगिएको छैन । एकता प्रक्रियासम्बन्धी प्रस्ताव तयार पार्न नेकपा स्थायी समितिको बैठकले १३ पुसमा ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, सो कार्यदल ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्ताव तयार पार्न आफैं जुटेका हुन् ।

कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थिए । ढिलोमा पुस मसान्तसम्म ठोस प्रस्ताव तयार पारिसक्न म्यान्डेट पाएको कार्यदलले २२ माघसम्म पनि प्रतिवेदन बुझाउन नसकेपछि सचिवालय बैठकले प्रगति विवरण सहतिको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा माघ २५ मा कार्यदलले थप ७ दिन समय माग गर्ने गरी अहिलेसम्म भएका सहमतिको विवरण सहितको प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

कार्यदलले थप समय मागे पनि दुई अध्यक्षले कार्यदललाई थप समय दिन चाहेनन् । कार्यदलको प्रतिवेदन बुझिसकेका ओली–दाहालबीच अहिले छलफल भइरहेको छ । कार्यदललाई अतिरिक्त समय नदिई कार्यदलको रिपोर्टमा आधारित भएर आफैं प्रस्ताव तयार पार्न उनीहरू गृहकार्यमा लागेका अध्यक्षद्वय केही दिनयता लगातारको छलफलमा रहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर