newskoseli.Com

विद्रोहीमाथि हेलिकप्टर आक्रमण, २४ घन्टामा ५० को मृत्यु

अफगानिस्तानका विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घन्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफौजले हेलिकप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार ६ लडाकुको मृत्यु भएको र अन्य ५ जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई बताएका छन् ।

सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकुको मृत्यु भएको र १६ जना घाइते भएको सुरक्षा अधिकारी जैनुल्लाहले बताए । त्यसैगरी, उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकुको मृत्यु भएको र २६ जना घाइते भएको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताएका छन् ।

यो समाचार तयार पार्दासम्म तालिवान समूहले यी घटनाबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन । दक्षिणी कान्दाहारमा तालिवान विद्रोहीको आक्रमणमा परी एक प्रहरीसहित एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर