newskoseli.Com

सरकारी डाक्टरहरुको धम्की : ‘सामूहिक राजीनामा दिन्छौं’

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध ‘आन्दोलनरत’ सरकारी सरकारी चिकित्सकहरुले तत्काल विधेयक सच्याउन माग गरेका छन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ । गोदानले एक साताका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । ‘विभेदकारी समायोजन’ तत्काल नसच्याइए चिकित्सकहरुले सामूहिक राजीनामा दिने सरकारी चिकित्सकक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

कर्मचारी ऐनलाई मिचेर सहसचिवस्तरका ११औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेको भन्दै सरकारी चिकित्सक आन्दोलित भएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर