newskoseli.Com

ऐतिहासिक जग्गामा ‘सपिङ मल’ : सत्ता र शक्तिको दुरुपयोग !

छाया कम्प्लेक्स निर्माण गरिएको कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ ।

राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिका लगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्त्विक महत्त्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो । कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गाधनी पुर्जा दिने मालपोत कार्यालय र नक्सा पास गर्ने काठमाडौं महानगरपालिकाका तत्कालीन कर्मचारी समेतको संलग्नता देखिएको छ ।

कमलपोखरीको जग्गामा मोही कायम गराउन अदालतसम्म पुगेर मिलापत्र गराइएको पाइएको छ । मिलापत्र हुँदा जसलाई हानि–नोक्सानी पर्छ, ऊ स्वयं हानि पुग्ने कार्यमा संलग्न हुनुले सत्ता र शक्तिको दुरुपयोग भएको देखिएको छ ।

२०३३ सालताका गुठी संस्थानका अध्यक्ष बद्रीविक्रम थापा मिलापत्रमा संलग्न थिए । आफूलाई हानि–नोक्सानी पुग्ने कार्यमा गुठी संस्थानका तत्कालीन अध्यक्ष समेत संलग्न हुनु गम्भीर विषय भएको खबर दिपेश केसीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर