चर्चित वाइडबडी विमान घोटाला प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने तयारी गरेको छ ।
नेपाल वायु सेवा निगमले दुर्इटा वाइडबडी विमान किन्दा ४ अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोही अनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ ।
आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समूह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ । एक महिनाको अवधिमा आयोगले निगमले पठाएका कागजपत्र अध्ययन गरिसकेको छ । आयोगले निगमबाट थप कागजपत्र र निगम बाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरेको छ ।
यससँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।