newskoseli.Com

विदेशका थोत्रा दमकलको ‘डम्पिङ साइट’ हो नेपाल ?

विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालका लागि आगलागी नियन्त्रणको ‘भरपर्दो सवारी साधन’ का रुपमा प्रयोग हुँदै आएका छन् ।

आफ्नो देशमा कामै नलाग्ने भएपछि विदेशी दातृनिकायले नेपालको भूमिलाई डम्पिङ साइटका रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरणका रुपमा काठमाडौंको जुद्ध वारुणयन्त्र कार्यालय रहेको छ । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिव दुई दशक पुराना छन् ।

विदेशमा डेट एक्स्पायर भएपछि नेपाललाई दमकल आवश्यक रहेको भन्दै विभिन्न निकायले भीख माग्ने अनि विदेशले नेपाललाई ‘सहयोगस्वरुप’ थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन ‘उपहार’ का रुपमा दिने गरेका छन् । अहिले राजधानी मात्रै होइन, उपत्यका र वरपरका जिल्लामा आगलागी हुँदा समेत यिनै थोत्रा दमकलकै भर पर्नु परेको छ ।

सुविधासम्पन्न वारुणयन्त्र कार्यालयका रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकलमध्ये केही त कामै नलाग्ने भएको खबर ईश्वरराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर