newskoseli.Com

तालिबान कमान्डरसहित ३१ लडाकु र ३ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकुलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकु मारिएको अफगान सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाईले जानकारी दिएका छन् ।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकुका कमान्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकुको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य ८ घाइते भएका रेजाईले बताएका छन् । यस सुरक्षा कारबाहीको क्रममा ३ सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएको र अन्य ४ सुरक्षा अधिकारी सामान्य घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस कारबाहीको तालिबान विद्रोही समूहले भने कुनै टिप्पणी गरेको छैन ।

त्यसैगरी, अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकुहरुबीच भएको झडपमा १४ लडाकु मारिएका छन् । यस झडपमा १७ जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकुविरुद्ध सरकारी सुरक्षा बलले जारी राखेको सुरक्षा कारबाहीका क्रममा यो झडप भएको बताइएको छ ।

यस कारबाहीका क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहती नभएको सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा बताइएको छ । जाबुल प्रान्तका केही भागमा अशान्ति मच्चारहेका तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर