newskoseli.Com

गतवर्ष पुरस्कृत ‘उत्कृष्ट कर्मचारी’, यस वर्ष घूससहित रंगेहात पक्राउ !

कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उदघाटन सत्रमा बेलौरी नगरपालिकाका योजना शाखा प्रमुख हृदयराज बजगाईंलाई ‘उत्कृष्ट कर्मचारी’ का रुपमा सम्मानित गरिएको थियो ।

न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । तर, उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ६० हजार घूससहित आइतबार पक्राउ गरेको थियो ।

कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा उनी पक्राउ परेको खबर मनोज भट्टको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर