newskoseli.Com

मलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँ लुटिन्छन् नेपाली

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका लागि निस्किए ।

विमानस्थलको दुई तलामुनि बस र रेल रोकिने स्टेसनमा उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तला अगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ । प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट झरेलगत्तै त्यहाँ दुई युवक आइपुगे ।

आफूहरु विमानस्थलको कर्मचारी रहेको परिचय दिँदै उनीहरुले आफू यात्रुको सहयोगका लागि बसेको बताए । उनीहरुले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौं जान लागको भन्दै सीधा जवाफ दिए ।

आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो । छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरुले थापाको पिछा गरे । लिफ्टमा तीन जना मात्र भए । थापासँग पैसा माग्न थालियो । अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरुबाट छुटकारा पाउनै नसकेको खबर मंगलबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर