newskoseli.Com

क्यान्सरै पत्ता नलगाउने यस्तो पनि ‘क्यान्सर अस्पताल’ !

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो ।

करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर, अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ ।

जनशक्ति र प्रविधिको अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर रिफर गर्दै आएको छ । सामान्य बिरामी मात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् ।

अस्पतालका प्रमुख विश्वराज पौडेलले भने– ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन ।’ अस्पतालको हातबारेको यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशति छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर