newskoseli.Com

परिवारबाटै असुरक्षित महिला : १ वर्षमा १ सय २० को हत्या

महिला तथा बालबालिकाविरुद्ध मानवअधिकार उल्लंघन र दुर्व््यवहारका घटना धेरै हुने गरेको पाइएको छ ।

गतवर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

गतवर्ष मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन् । ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पुस्तकले औल्याएको छ । मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिलाअधिकार उल्लंघनसम्बन्धी २ हजार ८ सय २४ र बालअधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख गरिएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर