newskoseli.Com

संसद् सचिवालयको ‘लुट’ : ‘थोत्रा’ भन्दै थन्क्याइएका १२ वटा सद्दे गाडी लग्यो प्रधानमन्त्री कार्यालयले !

संघीय संसद् सचिवालयले ‘थोत्रा’ भन्दै थन्क्याएका १२ वटा गाडीलार्इ ‘सद्दे’ भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ ।

संसद् सचिवालयले थन्क्याएर राखेका तीनवटा स्कार्पियो, ६ वटा कार, दुर्इवटा टाटा सुमो र एउटा बस दुई साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लगेको हो ।

प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै पाइएका छन् । स्रोतका अनुसार संसद् सचिवालयले सद्दे गाडीलाई बिग्रिएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ । कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो– ‘संसद् सचिवालयले लामो समयसम्म थन्क्याएर राखेका गाडी परीक्षण गर्दा सद्दे नै पाइएपछि प्रधानमन्त्री कार्यालयले लगेको हो ।’ प्रयोग नगरी थन्क्याइएकाले ती गाडी सामान्य मर्मत भने गर्नुपर्ने अवस्था रहेको स्रोतले बतायो ।

‘सामान्य मर्मतपछि हामी ती गाडीलाई प्रदेश तथा स्थानीय तहमा पठाउनेछौं, हामी एउटा पनि सद्दे गाडी थन्क्याउन नदिने अभियानमा छौं’– प्रधानमन्त्री कार्यालय स्रोतले भनेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर