newskoseli.Com

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न जलाइयो शव

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका ‘हम्ली डन’ भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका– २, दुहबीबाट सोमबार पक्राउ गरेको थियो । बटेश्वर गाउँपालिका– ४, बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका– ३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ ।

१ फागुनमा दुतिया बाबु देवनारायणसँगै छिमेकी इन्द्र थापा मगरकी छोरी मन्दिराको बिहेको भोजमा गएकी थिइन् । सांस्कृतिक कार्यक्रममा दुतियाले नाचगान गरिन् । त्यही बेला बिजुली गएपछि सांस्कृतिक कार्यक्रम बीचमै रोकियो ।

अँध्यारो भएको मौका छोपी मगरले दुतियालाई चाउचाउ र फ्रुटी किनिदिने भन्दै ललाइफकाई गरी खोलाको बाटो हुँदै घरबाट करिव दुई सय मिटर पर पोखरीको छेउमा रहेको उखु खेतमा लगेर बलात्कार गरे । गाउँमा आफ्नो पोल खोलिदिने डरले मगरले दुतियाको घाँटी थिचेर हत्या गरे ।

हत्यापछि दुतियाको शव लुकाउने र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेका पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाई मगर पुनः सांस्कृतिक कार्यक्रममा सहभागी भए । राति साढे ११ बजे उनी सांस्कृतिक कार्यक्रमबाट निस्केर मामाको घरमा सुतेका थिए ।

३ फागुन (बिहीबार) बिहान घटनाबारे गाउँमा हल्ला भएपछि उनी पनि घटनास्थल पुगेका थिए । पछि पक्राउ पर्न सक्ने डरले उनी गाउँ छाडेर भागेको खबर हदिश खुद्दारको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर