newskoseli.Com

झन्डै २० हजार वेबसाइट बन्द !

अश्लील सामग्रीहरू राखेको आरोपमा बङ्लादेशका झन्डै २० हजार वेबसाइट बन्द गरिएका छन् ।

‘अश्लीलता विरुद्धको लडाइँ’ अभियानका क्रममा ती साइटहरू बन्द गरिएको उच्च सरकारी अधिकारीहरूले बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो ।

‘म बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ’– बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने । अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै यसलाई निरन्तरता दिने जानकारी पनि उनले दिए ।

बङ्लादेशका उच्च सरकारी अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् । दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनु पर्नेमा पनि मन्त्री जब्बरले जोड दिए ।

अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको जानकारी उनले दिए । अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा निर्देशन दिएपछि सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् ।

बङ्लादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । अहिले त्यहाँको झन्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर