newskoseli.Com

विद्यार्थी बिरामी भएपछि स्कुलमै बोकाको ‘बलि’ !

बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोको बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।

विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । साना–ठूला विद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो…’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउकामाथि ‘मन्तर’ गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच–सात जना हुँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए ।

दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पाको सदरमुकाम लिबाङछेउमा रहेको पिताराज आधारभूत विद्यालयमा दोस्रो पटक ‘धामी’ बसालिएको हो । ‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नुभएको हो । जति गर्दा पनि भएन, आज त कालो बोकासहित धामी बसेका हुन्’– विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताएको खबर दिनेश सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर