newskoseli.Com

अलपत्र विद्युतीय बस : चीनले दियो, सरकारले चलाउन सकेन !

चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याइएका पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ ।

ती बसमा आएका प्राविधिक कमजोरीलार्इ देखाउँदै सरकारले तिनलाई सञ्चालन गर्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उदघाटन गरेका थिए । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारी साधन त्यत्तिकै थन्किएका हुन् ।

बसमा प्राविधिक कमजोरी भएको आरोप लगाउँदै सरकारले जैविकमैत्री बसको दर्ता प्रक्रिया सुरु गर्न इन्कार गरेपछि ती बस नक्सालस्थित ग्यारेजमा थन्किएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर