newskoseli.Com

हात्तीका लागि पनि ‘रिसोर्ट’ र ‘वृद्धाश्रम’ सुरु !

बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको ‘वृद्धाश्रम’ नै खोलिएको छ ।

सफारीमा जान नसक्ने बूढा हात्तीलार्इ ‘वृद्धाश्रम’ मा स्याहार गरी राखिन्छ । उसै पनि हात्तीको पालनपोषणमा खर्च बढी नै लाग्छ ।

आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु त झन् चुनौतीपूर्ण कार्य नै हो । काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी ‘वृद्धाश्रम’ ले तिनको स्याहार गर्नेछ । हात्ती नमरेसम्म त्यहीं पालिन्छ । खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई विघा क्षेत्रफलमा हात्तीको ‘रिसोर्ट’ र ‘वृद्धाश्रम’ सञ्चालन सुरु गरिएको हो । ‘वृद्धाश्रम’ मा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन् ।

मंगलबारदेखि सुरु गरिएको ‘वृद्धाश्रम’ मा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ । अशक्त यो हात्तीले आँखा देख्दैन । एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ । तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ । हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खाने कुरा राखिन्छ र बोट–बिरुवा लगाइनेछ । हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने ‘रिसोर्ट’ को योजना छ ।

‘वृद्धाश्रम’ मा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ । हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा. ट्रिस लन्डन खटिएकी छन् । बिरामी हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सकले सहयोग र समन्वय गर्ने बताइएको खबर अनिल ढकालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर