newskoseli.Com

किन खुलिरहेको छैन मलेसियाको रोजगारी ?

नौ महिनादेखि मलेसियामा बन्द रहेको नेपालीहरुका लागि रोजगारी अझै खुल्न सकेको छैन ।

भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसियामा रोजगारी अनिश्चिततातर्फ धकेलिएको छ ।

मलेसियामा रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कारबाही गरेपछि जेठदेखि मलेसियामा रोजगारी बन्द भएको थियो ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको खबर तुलसी सुवेदीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर