newskoseli.Com

सहरभित्रका पेट्रोल पम्प तत्कालै हटाइँदै

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सरकारले सहरभित्रका सबै पेट्रोल पम्प तत्कालै हटाउने भएको छ । सहरभित्रका सबै पेट्रोल पम्पले गर्दा नै यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् । त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखाका प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ ।

टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पको अध्ययन गरी प्रतिवेदन पठाउने कार्यादेश दिइएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको जानकारी उनले दिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर