newskoseli.Com

खाडी मुलुकबाट भन्दा विद्यार्थी जाने देशबाट भित्रियो धेरै रेमिट्यान्स !

उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदारी पनि वृद्धि भइरहेको छ ।

नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यत्रबाट आउनेभन्दा बढी छ ।

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत पनि नेपाली विद्यार्थीका आर्कषक गन्तव्य हुन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक कूल रेमिट्यान्सको ३३.४ प्रतिशत हुन आउने खबर कृष्ण रिजालभवानीश्वर गौतमको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर