newskoseli.Com

मन्त्रीकै अगाडि सचिवको खुलासा : ‘भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परें’

भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको भनेर प्रमाणित गर्न नमान्दा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी सचिव कृष्णप्रसाद देवकोटाले गरेका छन् ।

गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । देवकोटाले बुधबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बोल्दै इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको बताएका हुन् । कसले दबाब दिएको भन्नेबारे उनले खुलाएनन् ।

सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको भनेर प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ रहेको खबर सुरज कुँवरको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर