newskoseli.Com

१०५ दिनपछि धर्ना तोड्दै निर्मला पन्तका बाबु–आमा

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको हत्यारा पत्ता लागेको छैन ।

छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् ।

यसअघि दुई पटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइवरी फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य पनि दिन–प्रतिदिन बिग्रन थालेपछि श्रीमान्–श्रीमती उपचारका लागि काठमाडौं आउने भएका हुन् ।

आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने भएपछि धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको निर्मलाका बाबु यज्ञराजले बताएको खबर मोहन विष्टको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर