newskoseli.Com

मार्क्सवादी, एमाले, माओवादी हुँदै ‘मधेसवादी’ : उपेन्द्रको राजनीतिक यात्रा

पुष्पलाल हिँडेको बाटो

स्कुल पढ्दादेखि नै ०३२ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग संगत भयो । पुष्पलालबाटै पार्टी सदस्यता लिएँ र उहाँ हिँडेको बाटो हिँड्न थालें । पार्टी सदस्यता लिए पनि विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भइरहें । त्यसबेला भूमिगत रुपमै काम गरें । ०३२ को विद्यार्थी आन्दोलन, ०४६ को जनआन्दोलनलगायतका विभिन्न आन्दोलनमा भाग लिएँ । जेल पनि बसें ।

पुष्पलालको मृत्युपछि पुष्पलाल समूहको अध्यक्ष सहाना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर ०४३ तिर नेकपा मार्क्सवादी बन्यो । त्यही पार्टीको नेतृत्वमा हामीले ०४६ को जनआन्दोलनमा भाग लिएका हौं । त्यसबेला म पक्राउ परें । प्रशासनले मलाई धनकुटा जेलमा राख्यो । त्यसअघि पनि कांग्रेसले सञ्चालन गरेको सत्याग्रह आन्दोलनमा कम्युनिस्ट कार्याकर्ताका रुपमा म पनि सहभागी भएको हुँ । त्यस क्रममा पनि पक्राउ परें र झन्डै डेढ वर्ष सेन्ट्रल जेलमा राखियो ।

मदन भण्डारीको देहान्तपछि माओवादी

नेकपा मार्क्सवादी र नेकपा माले एकता भई ०४७ चैतमा नेकपा (एमाले) बन्यो । म एमालेको राजनीतिमा पनि थिएँ, सुनसरी मोरङतिर । ०४८ को संसदीय निर्वाचनमा सुनसरीबाट एमालेको उम्मेदवार बनें ।

जब ०५४ मा नेपालगञ्जमा छैटौं महाधिवेशन भयो, त्यो महाधिवेशनमा कम्युनिस्ट पार्टीले तराई–मधेश, आदिवासी, जनजाति, अल्पसंख्यकको सवालमा विभेद र असमाता (चाहे सामाजिक रुपमा होस् या आर्थिक रुपमा या राजनीतिक रुपमा नै) को मुद्दा सम्बोधन गरेन । यी मुद्दालाई मदन भण्डारीले सकारात्मक रुपमा लिनुभएको थियो र आयोग पनि बनाउनुभएको थियो ।

मदनको मृत्युपछि बहिष्कार र वञ्चितीकरणमा पारिएका समुदायका अधिकार, प्रतिनिधित्व र पहिचानलगायतका विषयलाई एमालेले आफ्नो नीति बनाएन । यी विषय अपच भएपछि एमाले छाडेर माओवादी आन्दोलनलाई समर्थन गर्न पुगें । किनकि, माओवादीको जनयुद्धले ती विषय सम्बोधन गर्ने र स्थापित गर्ने भन्ने समझदारी बन्यो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको यस्तो छ मार्क्सवादी, एमाले, माओवादी हुँदै ‘मधेसवादी’ उपेन्द्रको राजनीतिक यात्राका विभिन्न आयामबारेको यो सामग्री प्रेम गौतमको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर