newskoseli.Com

काम गर्न मलेसिया गएका २ सय ६ नेपाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ ।

क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा २ सय ६ जना नेपाली छन् ।

तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन् । दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अुनसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरु जेल पर्ने गरेका छन् । कतिपय चाहिँ चोरी, लागूऔषध कारोबार, अपहरण, जुवा–तासजस्ता गम्भीर मुद्दामा जेल पुगेका छन् ।

‘जुन कम्पनीमा काम गर्न आएको हो, त्यसमा चित्त नबुझेपछि गैरकानुनी रुपले अर्को कम्पनीमा काम गरेर बस्ने नेपालीको सख्या धेरै छ,’ गौतमले भने– ‘बाहिर आउजाउ गर्दा बेला–बेलामा यहाँको अध्यागमन प्रहरीको छड्के जाँचमा परेपछि त्यसरी अवैध रुपले काम गर्ने र बस्ने समातिन्छन् ।’

मजदुरी गर्न समुद्रपार पुगेर पनि हैरानी भोगिरहेका नेपालीको यो खबर रमेश खतिवडाको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर