newskoseli.Com

नेकपामा विवाद : ओली कमजोर भएपछि कार्यदल नै भंग !

पार्टी एकताका क्रममा बाँकी रहेका सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकारसम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारी अनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि एक त कार्यदलमा आफ्नो समूह निकै कमजोर भएका कारण अध्यक्ष ओली त्यसलाई विना नतिजा भंग गर्न चाहन्थे, झन् त्यसमाथि कार्यदलका संयोजक रामबहादुर थापाले शीर्ष तहबाटै जन्मिएको चर्को विवाद आफ्नो तहबाट कार्यदलमार्फत समाधान हुन नसक्ने अडान लिएपछि सचिवालय बैठकले कार्यदल भंग गरेको हो ।

समाचार स्रोतले भन्यो– ‘अध्यक्ष पुष्पकमल हादाल ‘प्रचण्ड’ सहित सचिवालयमा बहुमत सदस्यले कार्यदलको म्याद केही दिन थप गरेर भए पनि काम गर्न दिने पक्षमा अडान लिए पनि कार्यदलका संयोजक थापाले नसक्ने अडान लिँदा कार्यदल भंग गर्ने अवस्था सिर्जना भएको हो ।’ नेकपामा विवादसम्बन्धी यो खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर