newskoseli.Com

त्रिविको तयारी : स्ववियु चुनाव वैशाखमा !

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ ।

फागुन १५ भित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिका अनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्– ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौं ।’

त्यस निम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकारवाला निकायसँग छलफल अघि बढाइएको उनले बताइन् । ‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ,’ त्रिपाठीले भनिन्– ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने–नहुने भन्ने उनीहरुले नै निर्णय गर्ने हो ।’

हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ मा स्ववियु निर्वाचन भएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर