newskoseli.Com

आयातीतमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्यानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर भने बढ्दै गएको छ ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी खरिदमा वार्षिक ७५ करोड रकम बाहिरिन्छ । वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो ।

अध्ययन अनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ । कूल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । सरकारले विभिन्न कार्यक्रम गरी ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाएको छ ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको खबर छेटु शेर्पाको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर