newskoseli.Com

चार्ल्स शोभराजलाई थुनिराख्ने कि छाडिदिने ? सर्वोच्चले सोध्यो सरकारलाई !

कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजको मुद्दामा ज्येष्ठ नागरिकको सुविधा दिइ थुनामुक्त गरिदिने वा जेलमै राख्ने भन्ने कुराको निर्णय लिने जिम्मेवारी सरकारलाई दिँदै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

शोभराजलाई ज्येष्ठ नागरिक छुट सुविधा दिन मिल्ने हो वा होइन भनी तीन महिनाभित्र सरकारले निर्णय दिनुपर्ने परमादेशमा उल्लेख छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र निर्णय गर्न परमादेश दिएको हो ।

जेष्ठ नागरिक ऐन, २०६३ को १२ (१) (ख) र कारागार नियमावलीमा टेकी उनले आफूलाई थुनामुक्त गरिदिन परमादेश मागेका थिए । जेष्ठ नागरिक ऐनले सरकारवादी भई चलेको कुनै मुद्दामा ७० वर्ष पूरा भई ७५ ननाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था गरेको खबर भाषा शर्माको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर