newskoseli.Com

वैदेशिक रोजगारीका नाममा ठगीका अनेक रुप : फेसबुकमा चिनजान, बैंकमा रकम !

आफू पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले करिव दुई वर्षअघि आङदोमा शेर्पालाई फेसबुकमा साथी बन्न आग्रह गरेर ‘रिक्वेस्ट’ पठाइन् ।

पोर्चुगलमा न आफन्त न साथी नै भएकी रस्नालु– ३, रामेछापकी आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठ्यारो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन् ।

लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् । र, उनीहरुबीच प्रत्यक्ष चिनजान भयो । नुवाकोट, सुनखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्चक पनि भयो । रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने प्रलोभन समेत विनिताले देखाइन् ।

यता, त्यस्तो प्रस्ताव गर्ने विनिता त्यतिबेलासम्म सम्पर्कविहिन भइसकेकी थिइन । तर, फोन र अन्य माध्यमबाट कुराकानीको क्रम भने जारी राखिन् । विनिताले भने अनुसार पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरुले त्यो रकम विनिताले भनेको व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातामा जम्मा गरिदिए ।

आङदोमाले भनिन्– ‘रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौंमै फेला परेपछि मात्र आफू ठगीमा परेको खुल्यो ।’ वैदेशिक रोजगारीका नाममा चलिरहेका अनेकौं खाले ठगीको यो एउटा उदाहरण मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर