newskoseli.Com

नेपालको खोलामा भारतीयको पुल, त्यही पुलबाट रकम असुल्दै भारतीय !

मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगिया खोलामा भारतीय नागरिकले कच्ची पुल बनाएर रकम असुल्दै आएको पाइएको छ ।

वर्षैभरि करिव चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर त्यसबाट आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् । छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयवासीबाट रकम लिने गरेका हुन् ।

सो कच्ची पुल भएर दैनिक दुई हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरु बताउँछन् । स्थानीयवासीले कच्ची पुल तरेवापत रामलाई वर्षेनि प्रतिपरिवार एक मनसम्म धान र गहुँ दिने गरेको खबर सरोज यादवको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर