newskoseli.Com

नुन बढी खाने गर्नुभएको छ ? यी कुरामा ध्यान पुर्‍याउनोस् !

नुनको मात्रा बढी खानाले कयौं खाले शारीरिक समस्या निम्तिने गर्दछन् । बढ्ता नुन खानेलाई शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ ।

शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्या समेत हुने सम्भावना रहन्छ । कतिपयले खाने कुरामा नुन छर्केर खाने गर्छन्, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने गर्नुपर्छ । ‘फास्टफुड’ र ‘जंकफुड’ खानबाट सकेसम्म बच्नुपर्छ किनकि यस्ता खाद्य पदार्थमा नुनको मात्रा अधिक हुन्छ । सकेसम्म घरमै बनाइएको खाना मात्रै खाने प्रयास गर्नुपर्छ ।

खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्ने सचेतनामूलक सामग्री बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर