newskoseli.Com

जागिर त्याग्दै प्रहरीले भने– बरु ट्याक्सी चलाएर परिवार धान्न सजिलो !

टेकुस्थित काठमाडौं प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए– ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागिर छाड्ने योजना अनुसार आफूले नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४सै घन्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो ।

परिसरमा यस वर्ष जवानदेखि सईसम्मका १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए ।

२०७१ मा १ हजार ७ सय २३ जनाले, २०७२ मा १ हजार २ सय ५२ जनाले, २०७३ मा १ हजार १ सय ६० जनाले, २०७४ मा १हजार ७ सय ८१ जनाले र २०७५ माघसम्ममा २ हजार ५ सय १० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको खबर सुवास गोतामेको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर