newskoseli.Com

अरुण तेस्रो आयोजनामा कसले पड्कायो बम ? घटना रहस्यमय…

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।

भारतीय सतलज विद्युत् निगम (एसजेभीएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको २८ वैशाख, २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट स्वीच दबाएर संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

०४२ देखि सुरु भएको अरुण– ३ जलविद्युत् आयोजना लामो समय रोकिएर केही वर्षअघिदेखि मात्रै सुचारु भएको हो । आयोजनामा भारत सरकारको ७४.५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व छ । विद्युत् उत्पादन भएको २५ वर्षपछि नेपालको स्वामित्वमा आउनेछ भने स्थानीयले ३० मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता छ ।

अरुण तेस्रो आयोजनाले जिल्लाको साविक पाँच गाविस मकालु, नुम, याफु, दिदिङ र पाथीभरालगायतका स्थानमा प्रत्यक्ष प्रभावित पार्नेछ । आयोजनाको काम तीव्र ढंगले भइरहे पनि केही समयदेखि विभिन्न समूहको आक्रमणको निसानामा परेको छ ।

आयोजनालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता भने पत्ता लाग्न सकेको छैन । आक्रमणका घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको खबर नवीन गुरुङको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर