आफ्नो स्वामित्वमा रहेको दमकस्थित ‘हिमालयन टी गार्डेन’ मा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन २२ गतेदेखि मध्यतराईको भ्रमण सुरु हुने भएको छ ।
देशदौडाहाका क्रममा उाको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची–महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लागेका हुन् ।
केही दिन जनकपुर बसेर उनले सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लागेका हुन् । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने र भोलिपल्ट २३ गते सिरहा भ्रमण गर्ने कार्यक्रम तय भएको खबर ईश्वरराज ढकालको बाइलाइनमा शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।