newskoseli.Com

गर्भवती महिलाको घरघरमै अन्डा र झन्डा !

सांकेतिक तस्बिर

गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य स्वयंसेविकाले भोटेकोसी गाउँपालिका, लिस्तीकोट छ्यासिङकी सुकु विकको घरमा हरियो झन्डा बाँधेर गए ।

गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घच्घच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी– २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् ।

‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अन्डा दिए अनि झन्डा फिर्ता लगे, घरमै दिइएको सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो’– विकले भनिन् । सुत्केरी भएपछि आफूले एक क्रेट अन्डा पाएको र आफैं स्वास्थ्य चौकी जान थालेको उनको कथन छ ।

भोटेकोसी गाउँपालिका, गुम्बाकी ३० वर्षीया माइली लामालाई स्वास्थ्य चौकीमा जानै मन लाग्दैनथ्यो । जनप्रतितिनिधिसहित स्वास्थ्य स्वयंसेविकाले झन्डा गाडेर समय–समयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ ।

‘म पनि केही दिनअघि मात्रै स्वास्थ्य चौकीमा सुरक्षित अवस्थामा सुत्केरी भएँ’– उनले भनेको खबर अनिश तिवारीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर