newskoseli.Com

चीनले यसरी उछिन्यो अमेरिकालाई !

विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वर्ल्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ ।

विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । सन् २०११ सम्ममा अमेरिकामा चीनको भन्दा दोब्बर विद्युतीय सवारी साधन गुड्थे । तर, सन् २०१४ पछि चीनमा विद्युतीय सवारी साधनको प्रयोग दर विश्वकै सबैभन्दा बढी रहेको पाइएको छ ।

सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय ७ र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गुड्दै आएका छन् । सन् २०३० मा युरोपलगायतका देशले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारी साधन प्रयोग गर्ने घोषणा गरेका छन् ।

नेपालले समेत वायु प्रदूषणको दर घटाउन विद्युतीय सवारी साधनलाई बढावा दिने भने पनि प्राथमिकतामा राखेको छैन । सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले चासो नदिँदा प्राथमिकतामा पर्न नसकेको हो ।

राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारी साधनको प्रयोग बढाउन निर्देशन दिइसकेको खबर आइतबारको छेटु शेर्पाको बाइलाइनमा अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर