newskoseli.Com

दुब्लो भएर हैरान भो ? यी खाने कुरामा ध्यान दिनोस्

अधिकांशका लागि मोटोपन समस्या होला । तर, कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुन सक्छन् ।

तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौल समेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खाने कुराको सेवन गर्नु आवश्यक छ ।

काजु–बदाम

काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । साथै, काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्याल्सियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्ट समेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोग लाग्नबाट बचाउँछ । त्यस्तै, नियमित बदाम खाएमा पाचन शक्ति बढ्ने भएकाले अन्य खाने कुरा सजिलै पच्न मद्दत पुग्छ ।

गहुँको रोटी

गहुँको रोटी नियमित सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी हुन्छ ।

मौसमी फलफूल

मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएकाको समस्या हल हुन मद्दत गर्छ । अझ त्यस्ता फलफूलको रस पिउनु झन् उपयोगी हुन्छ ।

प्रोटिनयुक्तपदार्थ

माछा, मासु, अन्डा, दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खाने कुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।

क्यालोरीयुक्त खाना

बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्न मद्दत पुग्छ । साथै, सधैं समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ । अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ ।

अन्डा

यदि, तपाईंको दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाएर तौल बढाउन सक्नुहुन्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्त्वको भण्डारका रूपमा रहेको अन्डाले शरीरलाई चाहिने दैनिक पौस्टिक तत्त्वको भरणपोषण गर्न समेत सहयोग गर्छ ।

केरा

डिप्रेसनलगायतका मानसिक समसया र मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाएमा यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पाइने पौस्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ । साथै, केरा ऊर्जार्द्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ ।

जनस्वास्थ्यका लागि हितकर चेतनामूलक यो सामग्री सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर